दूध बेचेर मासिक साठी हजार आम्दानी

2:40 AM

Loading...




रामपुर (पाल्पा), २० असोज । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रु ६० हजार आम्दानी गर्दै आएकाछन्।दूध उत्पादनबाटै उनको परिवारको गुजारा राम्रोसँग चलेको छ । उनले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्नथालेका हुन्। रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ वटा माउ गाई र सातवटा बाच्छाबाच्छी रहेका छन् । उहाँले दैनिक ७० लिटर दूध भन्दा बढी बिक्री गर्दै आएका छन।करिब ११ वर्षसम्म उनले साउदी र कतारमा मजदुरी गरेका हुन । “विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो,” उनले भने– “कमाउन सकिएन खाली हात घर फर्किनुप-यो ।” गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उनले गाई पाल्न सुरु गरे ।रेश्मीले रु १२ लाखको लगानीमा व्यवसाय सुरु गरेका हुन । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु ५९ हजार, एउठटा चापकटर मेसिन र मोटर खरिदका लागि रु १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा चन्द्रबहादुर रानाले बताए ।पन्ध्र माउ गाईबाट दैनिक १५० लिटर दूध उत्पादन गरी मासिक रु एक लाख बराबर आम्दानी गर्ने उनको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ ।

गाउँमै रोजगारी

हुमिन गाविसका जीतबहादुर दर्लामी रोजगारीको खोजीमा साउदी अरब पुगे । सन्तोषजनक कमाइ नभएपछि उनी घर फर्किए । तर अहिले यहाँ सीप र प्रविधिको उपयोगबाट उनले मासिक रु ३० हजारभन्दा बढी आम्दानी गरिरहेका छन् ।

र्लामीले अहिले फर्निचर उद्योगमा काम गरिरहेका छन । यस्तै हुमिनका सन्तबहादुर नेपालीले पनि विदेशमा भन्दा दोब्बर कमाइ गर्दैआएका छन् । रुप्से गाविसमा सञ्चालित फर्निचर उद्योगमा दर्लामी र नेपालीलगायत १० जना युवालाई काम र दाम कमाउने अवसर मिलेको छ । उनीहरुले मासिक रु १५ हजार ज्यालाबापत आम्दानी गर्छन्।खाडीमुुलुक ताक्नुको सट्टा आफूसित भएको सीपको सदुपयोग गर्न सके गाउँघरमा नै आम्दानी गर्न सकिने दर्लामी बताउछन । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार दुई नगरपालिका, ६० गाविसका करिब २०० वटा फर्निचर उद्योगमा दुई हजारभन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।

You Might Also Like

0 comments