प्यूठानका बाढीपिडीतलाई दशैं मान्न १५ हजार दिने मन्त्रिपरिषदको निर्णय, दशैंभर बनपालेलाई विदा नदिने
2:17 AM
Loading...
काठमाडौं, २० असोज । सरकारले प्युठानका वाढीपिडतलाई यसअघि १० हजार राहत दिइएकोमा दशैं मान्नका लागि थप १५ हजार दिने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठले जिल्ला दैबीप्रकोप समितिबाट उक्त रकम पाढीपीडितलाई दशैं मान्नका लागि उपलब्ध गराउने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राम कार्कीका अनुसार आजको बैठकले सचिव र सहसचिवहरुको कामको मूल्यांकन गर्न पूर्वसचिव मधुरमण आचार्य र सुरेश मान श्रेष्ठको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।
यस्तै दशैं र तिहारको अवधिमा सरकारी बन विनाश हुन सक्ने खतरा औंल्याउँदै बैठकले सो अवधिमा बनपालेहरुलाई बिदा नदिई उनीहरुलाई थप भक्ताको व्यवस्था गर्ने बैठकले निर्णय गरेको कार्कीले बताए । देशभर ४५० बन पाले रहेको बताइएको छ ।
0 comments