पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटेरेस राष्ट्रसंघको महासचिव बन्ने लगभग निश्चित

1:10 AM

Loading...




एजेन्सी । पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्र संघको नयाँ महासचिव बन्ने लगभग निश्चित भएको छ ।१० वर्षसम्म राष्ट्र संघीय शरणार्थी नियोगको नेतृत्व सम्हालेका ६६ वर्षीय गुटेरेसले आगामी वर्षको सुरुमा राष्ट्र संघका वर्तमान महासचिव बान कि मुनको ठाउँ लिनेछन् । राष्ट्र संघको नयाँ महासचिवका लागि बुधबार सुरक्षा परिषद्का १५ सदस्यले १० उम्मेदवारका लागि गोप्य मतदान गरेका थिए । यसमा कसैले पनि गुटेरेसको विरोध गरेका छैनन् । सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ ले गुटेरेसको पक्षमा तथा दुई सदस्यले नो–ओपेनियनमा मत दिएका छन् । यसको अर्थ सुरक्षा परिषद्मा कोही पनि गुटेरेसको विपक्षमा छैनन् ।

संयुक्त राष्ट्र संघका लागि रुसी राजदूत विटाली चरकनले गुटेरेस महासचिव बन्ने लगभग निश्चित भएको बताएका हुन् । गुटेरेसले युरोपियन कमिस्नर बुल्गेरियाकी क्रिस्टलिना जोर्जिवासहित ९ प्रत्यासीलाई पछि पारका हुन् ।गुटेरेस नयाँ महासचिव बन्ने लगभग निश्चित भएसँगै राष्ट्र संघले पहिलो महिला महासचिव पाउने सम्भावना पनि टरेको छ । दुई कार्यकाल राष्ट्रसंघको नेतृत्व गरेका बान कि मुनको कार्यकाल आगामी जनवरीमा सकिँदैछ । सुरक्षा परिषद्मा उम्मेदवारको नाम पुष्टि गर्न आज औपचारिक मतदान हुने छ ।

मतदानबाट चुनिएका उम्मेदवारको नाम राष्ट्रसंघको महासभामा पठाइने छ । महासभाले नै नयाँ महासचिव नियुक्त गर्ने प्रावधान छ ।

You Might Also Like

0 comments