निर्वाचन सम्बन्धी विधेयकको संशोधनबारे कांग्रेसले छलफल गर्ने

1:06 AM

Loading...




काठमाडौं, २० असोज । नेपाली कांग्रेसले निर्वाचनसम्बन्धी विधेयकहरुमा गर्ने संशोधनबारे अन्य दलसँग छलफल गर्ने भएको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले निर्वाचन सम्बन्धी बिधेयक महत्वपुर्ण भएकोले संशोधन नपरेका बिषयमा समेत छलफल चलाउने निर्णय गरेको कांग्रेस सांसद एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बताएका छन् ।‘सामान्य विधेयकहरु समितिले पनि पेश गर्न सक्थे निर्वाचन सम्बन्धी विधेयक भएको भएर नै गृह मन्त्रालयले चासोको साथ अगाडि बढाएको हो। हामी यसको महत्वलाई हेरेर विधेयकका सबै दफामा छलफल गर्ने पक्षमा छौं’ मन्त्री लेखकले बताए ।

संसदीय कार्यसमितिको बैठकमा निर्वाचनमा थ्रेसहोल्ड राख्नेकी नराख्ने भन्नेमा पनि छलफल भएको थियो। ठूला दलहरु थ्रेसहोल्ड राख्नु पर्ने पक्षमा छन् भने अधिकांश साना दलहरु थ्रेसहोल्डको बिपक्षमा छन्। राजनीतिक स्थायित्वका लागि तीनदेखि पाँच प्रतिसत थ्रेसहोल्ड राख्नुपर्ने आवाज सांसदहरुले उठाएका छन्।

राजनीतिक दल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक,२०७३,मतदाता नामावली सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७३ र निर्वाचन आयोगको काम,कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,२०७३ माथिको सैद्धान्तिक छलफल सकिएको छ। सांसदहरुलाई शुक्रबारसम्म विधेयकमा संशोधन राख्ने समय दिइएको छ ।

You Might Also Like

0 comments