सरकारको आयु लम्ब्याउन प्रचण्डले संविधान जलाउनेलाई काखी च्यापेर एमालेलाई बाइपास गर्न खोजियो

3:33 AM

Loading...




सल्यान, ३ कात्तिक । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य यमलाल कँडेलले सरकारले अघि बढाएको संविधान संशोधनको कुरा प्रष्ट नभएको बताएका छन् ।प्रेस चौतारी नेपाल सल्यान शाखाले आज खलङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले खास एजेन्डाबिना नै संविधान संशोधनको कुरा गरेर सरकारको आयु लम्ब्याउन खोजेको आरोप लगाउँदै संविधान निर्माण गर्ने एक पक्षलाई पाखा लगाउने र संविधान जलाउनेलाई काखीच्यापेर अगाडि बढनु उचित होइन भने । संविधान निर्माणको बेला तीन दलले जुन सहमति गरेका छन् त्यो सहमति भन्दा बाहिर गएर संविधान संशोधन हुन सक्दैन तर सरकारले बिना एजेन्डा संविधान संशोधनको कुरा गरेर संविधान कार्यन्वयनमा विवादास्पद कार्य गरिरहेको नेता कँडेलले बताए ।

सरकारले आफनो आयु लम्ब्याउनका लागि मात्र मधेसी दललाई माग पूरा गर्छु भनेर अलमल्याएको छ तर मधेसीका सबै माग सरकारले पूरा गर्नसक्ने अवस्था नभएको नेता कँडेलले उल्लेख गरे ।

You Might Also Like

0 comments