प्यूठानका बाढीपिडीतलाई दशैं मान्न १५ हजार दिने मन्त्रिपरिषदको निर्णय,

2:25 AM

Loading...


काठमाडौं २० असोज | अमेरिकामा आएको एकदशकयताकै सबैभन्दा बढी शक्तिसाली ‘म्याथु’ नामक आधिबेरीले अमेरिकाको फ्लोरिडा राज्यको मियामि हुँदै साउन क्यारोलिना र जोर्जियामा महत्वपर्र्ण असर पार्ने बताउँदै सकारले तत्काल बस्तीहरु खाली गरेर सुरक्षीत स्थानतिर जान आग्रह गरेको छ। ‘हामी १० वर्षयताकै सबैभन्दा ठूलो आँधिबेरीको सामना गर्न गइरहेका छौँ।’ अमेरिकन राष्ट्रपति बाराक ओमाले बताएका छन्।

हाइटी, क्युवा, वहामाहुँदै अमेरिकाको फ्लोरिडातिर छिरेको आधिबेरीका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् भने आउँदो साता हाइटिमा हुन लागेको राष्ट्रपतिय निर्वाचन समेत पछाडी सर्ने बताइएको छ। आधीबेरीले हाइटी संचार बिहिन भएको अन्तराष्ट्रिय समाचारहरुले बताएका छन्।
बाहामाहुँदै अमेरिको फ्लोरिडातीर आउँदै गरेको आँधिबाट बच्न करिब २० लाख परिवार बसाइ सरिरहेको बताइएको छ भने बाँकि रहेका करिव १५ लाखलाई तत्काल सुरक्षीत स्थानतर्फ जान फ्लोरिडाका गर्भनर रिक स्कटले आग्रह गरेका छन्। आधिबेरीले असर पार्नसक्ने राज्यहरु साउथ क्यारोलिना, र्जाजियाका गर्भनरले समेत स्थानियबासिरुलाई सुरक्षीत स्थानतर्फ सर्न आग्रह गरीसकेका छन्।
‘१० वर्ष यताकै ठूलो आधिबेरीले हामीलाई हान्दै छ। आधी आउन सक्ने बाटोमा रहेका सम्पुर्ण अमेरिकनहरुलाई सुरक्षा अपनाउन हामी बिन्रम आग्रह गर्दछौँ।’ अमेरिकन राष्ट्रपति बाराक ओवामाले बताएका छन्। मुख्य आँधिबेरीको प्रभाव पर्न सक्ने ठाउँहरुमा रहेका सुपर मार्केटमा खानेकुरा रित्तिएका छन्। मियामी अन्तराष्ट्रिय बिमानस्थलबाट उडने करिव २ सय ५० फ्लाइटहरु क्यान्सील भएका छन्। सेतो पाटि बाट

You Might Also Like

0 comments