आजदेखि डिभी चिठ्ठा खुल्दै, यसरी भर्नुहोस्

1:50 AM

Loading...


असोज १८ गते- नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डिभी चिट्ठा आजदेखि खुल्ला गर्दैछ । सन् २०१८ का लागि डाइभर्सिटी भिसा (डिभी) चिट्ठा आज राती पौने १० बजेदेखि खुल्ला हुनेछ । आज राती पौने दश बजेदेखि डिभीका लागि आवेदन दिन सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातिको पौने ११ सम्म आवेदन दिन सकिनेछ ।

डिभी भर्नका लागी आवेदकहरूले www.dvlottery.state.gov मा गई आवेदन फारम भर्न सक्नेछन् । डिभी भर्दा २१ वर्ष भन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्नेछ । धेरै पटक डिभी फर्म भरेमा त्यस्तो फर्म रद्द हुनेछ ।

डिभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डिभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डिभी भरेमा त्यस्ता उम्मेद्वार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ ।
डिभी भरिसकेपछि पर्यो की परेन भनेर पछि हेर्नका लागि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ ।

You Might Also Like

0 comments