काठमाडौँ, १८ असोज । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले बडादशैँ, तिहार तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छन् । कोइरालाले शुभकामनामार्फत जननायक विश्वेश्वरप्रसाद कोइरालाको जननिर्वाचित प्रतिनिधीमार्फत संविधान बनाउने चाहना साथै गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको माध्यामबाट संविधान निर्माण भएकाले यसलाई कार्यान्वयन गर्नु दलहरुबीच मुख्य चुनौती रहेको बताएकी छन् । उनले लामो समयदेखिको संविधान निर्माणको चाहना नेपाली काँग्रेसको सरकारका पालामा पुरा भएकाले अब यसलाई कार्यान्वयन गर्नपनि काँग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताइन् ।
उनले भनेकी छन्, “संविधानमा सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्याय जस्ता मुलभूत विशेषता रहेकाले यसको कार्यान्वयनमा सबै राजनीतिक दल एक हुनु जरुरी छ ।
उनले छिटो भन्दा छिटो संविधान कार्यान्वयन गर्दै यसैका माध्यामबाट जनताका हक अधिकार सुरक्षित गरी आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माणको बाटोमा अग्रसर हुन सबैलाई आग्रह गरेकी छन् ।
0 comments