काठमाडौँ, २० असोज । गायिका मीरा राणाद्वारा स्वरवद्ध ‘गीत’ र ‘श्री राम भनेर।।।’नामक दुईवटा गीति सिडी क्यासेट बुधबारदेखि बजारमा आएका छन् ।‘गीत’ मा ‘माया बढ्दै बढ्दै गयो’, ‘दिन सहेँ रात सह्ँ’, ‘नशालु रात’, ‘स्वच्छ बनोस् तिम्रो मन’, ‘निद छैन आँखामा’, ‘कहाँ उडे मध्यरातमा’ र ‘सँगै जिउने’ शीर्षकका गीत राखिएको छ । यी गीत निश्प्रभ सजी, नवराज लम्साल, गोपाल योन्जन, रत्नशम्शेर थापा, ज्ञानेन्द्र गदाल र प्रमोद स्नेहीले रचना गरेका हुन । गीतमा न्ह्यू बज्राचार्य, गायिका राणा, दीपक जङ्गम र नारायण वलीले सङ्गीत भरेकाछन् ।श्री राम भनेर।।।’ शीर्षकमा रचिएको क्यासेटमा लक्ष्मण लोहनी, पुरुषोत्तम सापकोटा, सुभाषचन्द्र ढुङ्गेलले विभिन्न गीतको रचना गरेकाछन् भने गायिका राणा, गणेश परियार र मनराजा नकर्मीले सङ्गीत भरेकाछन् ।यहाँ बुधबार आयोजित कार्यक्रममा वरिष्ठ गीतकार नगेन्द्र थापा र कवि तुलसी दिवसले क्यासेटको विमोचन गर्दै गीत, सङ्गीत तथा कलाको माध्यमबाट समाजलाई मनोरन्जनका साथै चेतना प्रदान गर्न सकिने विचार व्यक्त गरे ।नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले कला संस्कृतिको सम्मान गर्न सकेमा त्यस क्षेत्रको विकास हुने विचार व्यक्त गरे।सो अवसरमा गायिका राणाले विभिन्न गीत प्रस्तुत गरेकिथिन ।
0 comments