नेपालगञ्जमा यसरी मनाइयो विश्व पशुपंक्षि दिवस (तस्विर सहित)
12:54 AM
Loading...
ताजा खबर , नेपालगञ्ज १८ असोज । विश्व पशुपंक्षी दिवस आज नेपालगञ्जमा प्रभातफेरी र अन्तरक्रिया गरी मनाइएको छ । ‘पशु पंक्षीको स्याहार हाम्रो संस्कार’ भन्ने नाराका साथ आयोजित प्रभातफेरीमा नेपालगञ्ज नगरको विभिन्न स्थानको परिक्रमा गरिएको थियो । जिल्ला पशु सेवा कार्यालयबाट शुरु भएको प्रभातफेरी अस्पतालरोड, त्रिभुवन चोक, विपी चोक, विटिएस चोक हँुदै पुनः पशु सेवा कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।कार्यक्रममा पशु कल्याण सम्बन्धि निति नियमको खाचो औल्याइएको थियो । पशुसेवा कार्यालय बाँकेका प्रमुख डा.बेद बहादुर केसीको अध्यक्षतामा भएको कोणसभालाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाँकेलाई अण्डा, मासु र दुधमा आत्मनिर्भर बनाउन पशुपंक्षीपालक, स्वास्थ्यकर्मी एक भएर लाग्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेत, जिल्ला जनस्वास्थ कार्यालयका प्रमुख खिम बहादुर खड्का,पशु क्वारेनटाएन नेपालगञ्जका प्रमुख डा.शकर पाण्डे , क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमल दाहाल, क्षेत्रीय पशु तालिम केन्द्रका प्रमुख खगेन्द्र सापकोटा, बहुमुखी सेवा केन्द्रका प्रभातसिंह ठकुरी, जनता दुग्ध सहकारी संस्था खजुराका अध्यक्ष भीम बहादुर बडुवाल, कृषि पत्रकार समूह बाँकेका अध्यक्ष खगेन्द्र दाहाल, विभिन्न क्षेत्रका कृषक, पशु स्वास्थ्यकर्मी , विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
0 comments