ग्याङफाइट गर्ने युवती कारगारमा जुम्रा मारेर समय बिताउदै ,पूर्व मन्त्री गुप्तालाई भयो गफिने साथी



काठमााडौं, १२ असोज । गएको ५ गते रक्सी खाएर ग्याङफाइट गर्ने ७ युवतीलाई महानगरीय प्रहरी परिसरले अहिले पनि थुनामा राखेको छ । बालकुमारीस्थित गुड विल डान्स बारमा राति रक्सी खाएर दुई समूह बनाई ग्याङफाइट गर्ने उनीहरु विरुद्ध प्रहरी सार्वजनिक अपराधको मुद्दा चलाएको छ । मुद्दा चलाइएका सात जना श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङ, सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षेत्री छन् । उनीहरुले रक्सी खाएर आपसमा ग्याङफाइट गरेका थिए । अपशब्द बोल्दै वरपरका स्थानीय बासिन्दालाई त्रसित गराई अशान्त वातावरण सिर्जना गरेको भन्दै उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

ललितपुर प्रहरी परिसरमा थुनामा रहको उनीहरु अहिले के गरिरहेका होलान त ? पहिले आपसमा झगडा गरेर थुनामा परेका उनीहरु अहिले भने एउटै मुटु भएका जस्ता देखिन्छन् । आपसमा गफ गर्ने, हाँस्ने, जिस्कने गरेर दिन बिताउनु उनीहरुको दैनिकी हो । महानगरीय प्रहरी प्रहरी परिसर ललितपुरको गेटबाट छिर्ने बित्तिकै थुनुवा राख्ने ठाउँ देखिन्छ । थुनुवाका अगाडि बर्दी लगाएर बन्दुक भिरेर प्रहरी थुनुवाको ड्युटीमा खटिएका हुन्छन् । पल्लो छेउमा लहरै सात जना ग्याङफाइट गर्ने युवतीहरु बसेका छन् ।

उनीहरु एक आपसमा गफ गर्छन र जुम्रा मारेर दिन कटाउँछन् । पालैपालो एउटाले अर्कोको जुम्रा हेर्नु उनीहरुको दैनिकै नै भएको सुरक्षार्थ खटिएका एक प्रहरीले बताए । पक्रेर ल्याउँदा एउटाले अर्कोलाई आरोप प्रत्यारोप गर्ने उनीहरु अहिले भने मिलेर बसेका छन् ।

उनीहरुकै वल्लो छेउमा अर्थात ढोकाको नजिकै अपहरणको आरोपमा थुनमा परेका पूर्व मन्त्री श्यामसुन्दर गुप्ता उनीहरुका कुरा सुन्दै जुम्रा मारेका हेरेर दिन बिताउने गरेका छन् । गुप्ता बेलाबेलामा ती युवतीसँग गफिने पनि गर्छन् । सेतो रंगको दौरा सुरुवाल लगाएर ढोकाको छेउमा बसेका उनी युवतीसँग हाँसी मजाक गर्दै दिन बिताउने गरेको डियुटीमा रहेका प्रहरीले बताए । गुप्ता महिला उद्यमी तारा रेग्मीलाई अपहरण गर्ने धम्की दिँदै पैसा मागेको आरोपमा थुनामा छन् ।

उनीमाथि अदालतमा मुद्दा परेको छ । नेपाल सद्भावना पार्टीका नेता तथा पूर्वमन्त्री गुप्ता व्यापारी पवन सांघाईको अपहरण अभियोगमा ३ वर्ष जेल बसेर २०७२ साल साउनमा छुटेका थिए ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ



काठमाडौं, १२ असोज । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरुको आज संसदीय सुनुवाइ गरेको छ ।सरकारले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौडेलको नाम सिफारिस गरी संसदीय सुनवाइका लागि संसद्मा पठाएको थियो । प्रस्तावित राजदूतहरुले संसदीय सुनुवाइका क्रममा आफ्नो अवधारणा, कार्ययोजना र सोच प्रस्तुत गरेका थिए ।

सो क्रममा उनीहरुले आफूहरुलाई सिफारिस गरेको मुलुकमा राजदूत भई काम गर्ने अवसर प्राप्त भएको खण्डमा दुई देशबीचको सम्बन्धलाई नेपालको हितमा केन्द्रित रहेर सुदृढ तुल्याउन योगदान दिने विश्वास दिलाए ।


उनीहरुले भने, “कूटनीति भनेको कला, कौशल र चातुर्यता हो, त्यसअनुसार कूटनीतिक जिम्मेवारीमा रहुन्जेल तटस्थ भएर काम गर्नेछौँ ।” रासस

थ्री स्टारको प्रतिद्वन्द्वी सिक्किम युनाइटेड



काठमाडौं, १२ असोज । भारतको गुवाहाटीमा जारी बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालको थ्री स्टार क्लबले सिक्किम युनाइटेड प्रतिद्वन्द्वी पाएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आज हुनेछ । समुह ‘ए’ विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको नेपाली राष्ट्रिय लिग विजेता थ्री स्टारले सेमिफाइनलमा समूह ‘बी’को उपविजेता घरेलु टोली सिक्किमलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । मङ्गलबार राति भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशको बोनगोबिर ओग्रगामी क्लबलाई १–० ले पराजित गर्दै सिक्किम आफ्नो समूहको उपविजेता बन्न सफल भयो ।

गुवाहाटीको नेहरु स्टेडियममा आज दिउँसो ४ बजे हुने पहिलो सेमिफाइनलको विजेताले उपाधिका लागि इस्ट बङ्गाल र सिलोङ लाजोङ फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि समूह चरणका खेलमा थ्री स्टारले दुई बराबरी र एक जित दर्ता गरेको थियो । प्रतियोगिताको विजेताले रु १६ लाख र उपविजेताले रु आठ लाख प्राप्त गर्नेछन् । रासस

कुवेतमा एक नेपाली युवा जीवन रानाभाटलाई मृत्युदण्ड फैसला



कुवेत– कुवेतमा एक नेपाली युवालाई मृत्युदण्डको फैसला सुनाइएको छ । शुक्रनगर १, चितवनका जीवन रानाभाटलाई कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । करीब ३ बर्ष पहिले रोजगारीको सिलसिलामा कुवेत आएका उनलाई २०१५ जुनमा कुवेत प्रहरीले लागु औषध ओसारपसार गरेको आरोपमा पक्राउ गरेको थियो । कुवेतको अटोमेक कम्पनीमा कार्यरत जीवनलाई दोषी ठहर गरि कुवेतको तल्लो अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।



कुवेतमा मृत्युदण्ड सुनाइएका जीवनको सकुशल उद्दारमा सहयोग गर्न नेपाली दुताबास कुवेत, एनआरएनए, कुवेतमा क्रियाशील संघसंस्था तथा यहाँ कार्यरत सम्पूर्ण नेपालीहरुलाई परिवारले अनुरोध गरेका छन् । घर फर्कने तैयारीमा रहेका जीवन घर फर्कन ४÷५ दिन बाँकी रहँदा एक्कासी गायब भएपछि मात्र उनको अवस्था बारे परिवारले थाहा पाएका थिए । उनी दोषी नभई कसैले फसाएको उनको परिवारको दावी छ ।

नेपाली राजदूतावास कुवेतले आफै वकिल राखेर मुद्दा लड्ने भनेपनि सम्बन्धित वकिलले केस जटिल भएको भन्दै जीवनको मुद्दा लड्न १० हजार दिनार (करिब ३५ लाख ३० हजार रुपैयाँ) मागेपछि जीवनले नै कारगारमा चिनेको वकिलसंग हारगुहार गरी ४ हजार कुवेती दिनार (करिब १४ लाख १२ हजार रुपैयाँ)मा मिलाएको र वकिल मुद्दा लड्न तैयार भएको नेपाली दुताबासका द्दित्तीय सचिव भोगेन्द्र लिंग्देनले जानकारी दिए ।

उनको परिवारबाट १ हजार ५ सय कुवेती दिनार पठाई मुद्दा लड्ने वकिललाई हस्तान्तरण गरिसकिएको र उनले जीवनको फाईल हेर्न शुरु गरेको पनि लिंग्देनले बताए । अब उनलाई तत्काल पाँच सय दिनार (करिब १ लाख ८० हजार)को आवश्यक परेको छ । यद्यपी उक्त रकम जुटाउन सक्ने अवस्था परिवारको छैन । उनको घरमा आमाबाबु, श्रीमती, १४ बर्षको छोरा र १० बर्षकी छोरी छन् ।

आर्थिक अवस्था कमजोर भएका जीवन रानाभाटको जीवन रक्षाका लागि चितवन सेवा समाजले कानूनी सहायतामा सहयोग गर्ने भएको छ । चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिती नेपालको मातहतमा रहेर कानूनी सहायतामा सहयोग गर्ने चितवन सेवा समाज कुवेतका अध्यक्ष नवीन लोप्चनले जानकारी दिएका छन् ।

स्मरण रहोस केहि महिना पहिले बंगलादेशी नागरिकको हत्या अभियोगमा जेल परेका सन्चबहादुर तामांग पनि नेपाली दुताबास तथा सम्पर्ण कुवेतबासि नेपालीको संयुक्त पहलमा आफै वकील राखी ५ हजार कुवेती दिनार ९करिब १७ लाख ५० हजार रुपैयाँ० सहित मुद्दा लडेपछि मुद्दा जितेर सकुशल नेपाल फिर्ता भएका थिए ।

भारतबाट मात्रै इन्धन किन्नु पर्ने खतरनाक भारतीय प्रस्ताव !



काठमाडौं १२ असोज । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ। रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको खबर आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन्।


भारतीय नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने निर्णय भएको थियो। तत्कालिन केपी ओली सरकारले चीनसँग पारबहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो।
नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन (आइओसी) का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन्। आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेका छन्।
सन् २०१२ मा आइओसीसँग भएको इन्धन खरिद र आयातसम्बन्धी सम्झौता नवीकरण गर्ने समय (सन् २०१७) नजिकिँदै जाँदा पूर्वतयारी र पेट्रोलियम पाइपलाइन निर्माणलगायत विषयमा दुई देशका अधिकारीबीच छलफल भएको हो । निगम कार्यकारी निर्देशक गोपाल खड्का नेतृत्वको टोली आइओसीका अधिकारीसँग बैठक सकाएर मंगलबार स्वदेश फर्किएका छन् ।
भारतबाट १५ वर्षसम्म पेट्रोलियम पदार्थ ल्याउनुपर्ने, आइओसी र निगम मिलेर नेपालमा अत्याधुनिक पेट्रोलपम्प सञ्चालन गर्नेेलगायत भारतले राखेको प्रस्ताव नेपालले अस्वीकार गरेको बैठकमा सहभागी एक अधिकारीले बताए ।
‘१५ वर्षसम्म इन्धन ल्याउने र ठूला—ठूला पम्प चलाऊँ भनेका थिए,’ ती अधिकारीले भने, ‘उनीहरुको प्रस्ताव हामीले अस्वीकार ग¥यौं ।’ निगमले आइओसीबाट ४० वर्षदेखि इन्धन किन्दै आएको छ । आइओसी र निगम दुई देशका सरकारी स्वामित्वका कम्पनी हुन् ।
व्यावहारिक रुपमा तत्काल अन्य मुलुकबाट इन्धन ल्याउने सम्भाबना नरहे पनि भारतको रणनीतिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । रक्सौल—अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता हँुदा पनि १५ वर्षलाई बजार सुरक्षित गर्न उक्त सर्त राखिएको आपूर्ति मन्त्रालयका एक सहसचिवले स्मरण गरे । ‘पाइपलाइन सम्झौता गर्दा पनि भारतले बजारको सुनिश्चितता खोजेको थियो,’ ती सहसचिवले भने, ‘भारत नेपालको पेट्रोलियम बजार सधैँ आफ्नो पकडमा राख्न चाहन्छ ।’
नाकाबन्दीका बेला आइओसीले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति नगरेपछि सरकारले चीनलगायत मुलुकसँग पेट्रोलियम बजारको विविधीकरण गर्ने निर्णय गरेको थियो । बेइजिङ भ्रमणका बेला तत्कालीन प्रधानमन्त्री केपी ओलीले चीनसँग खरिदबिक्री सम्झौता गर्ने तयारी गरे पनि अन्तिम समयमा उक्त अजेन्डालाई हटाएका थिए । उनी अन्तिम समयमा हच्किएर चीनसँग सम्झौता नगरी फर्केका थिए ।
पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार संकुचित हुन नहुने सरोकारवाला बताउँछन् । तत्काल भारतको विकल्पमा इन्धन ल्याउने सम्भावना नरहे पनि विकल्प खुला राख्नुपर्ने कतिपयको तर्क छ । पाइपलाइन निर्माण र आइओसीसँग सम्झौता नवीकरण गर्दा बजार विविधीकरण प्रभावित नहुने किसिमले गर्नुपर्ने वाणिज्य मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझाले बताए ।
सेतोपाटीबाट

SAARC Summit

A day after the MEA announced that India will not attend the 19th SAARC summit in Islamabad in November this year, Bangladesh, Afghanistan, and Bhutan have made their stand clear, saying the atmosphere in the region was not conducive for talks to go on. Sources have told The Indian Express that Bangladesh on Tuesday wrote to the SAARC chair Nepal expressing their apprehension about the proposed summit in Islamabad. “The growing interference in the internal affairs of Bangladesh by one country has created an environment which is not conducive to the successful hosting of the 19th SAARC Summit in Islamabad in November 2016. Bangladesh as the initiator of the SAARC process, remains steadfast in its commitment to regional cooperation, connectivity and contacts but believes that these can only go forward in a more congenial atmosphere. In view of the above, Bangladesh is unable to participate in the proposed summit in Islamabad,” the letter to Nepal read.

Indian-American soldiers

The two-week-long joint military exercise between the United States and India concluded in Uttarakhand on Tuesday. Both the countries exchanged technological know-how, especially on counter-insurgency operations. The drill started at Chaubatia, 350 kms from Dehradun, on September 14.State-of-the-art equipments for surveillance, tracking and identification of terrorists were introduced to the soldiers during the exercise, said an Army note.Earlier on Monday, the joint exercise was reviewed by Major General RK Raina, General Officer Commanding (GOC), Garud Division of the Indian Army and Major General Thomas James, Commanding General, 7 Infantry Division of the US army. This was the 12th time in history the two nations have come together for a military exercise. Such a join drill was first held in 2004.This was the second time Chaubatia was chosen for the exercise, last being in 2014. Last year it was organised at Joint Base Lewis McChord in the United States. Earlier, in June this year, a trilateral Naval exercise was held between India, US and Japan close to the South China Sea.