Lyapche – Episode 52 – Nepali comedy

Direction: Tikaram Ale Script: Dilip Tamang Camera :Dambar Rai Editor: prem sharma paudel Artist: Rohit karki, Dilip Tamang ,Laxman lamsal Devi ale Mitralal Tamang Prema Tamang, Bimal Sherstha tauthali , Yugant gharti Prakash Subba {Rio} Rupak Adhikari darpan rai Bimal shresth Lyapche only on Rainbow Rays Music official YouTube channel. -

EXPLAINING WHY HIS SUPPORT HILLARY SAID PRABAL-UNI CURRENT AND PAST PRESIDENT OF HER MOST WORTHY

Made-for-History-project design he made for financial support of state mentioned in the history of the PAC in the red shirt sold out, according to the election on campaign website.Prabal design this shirt cost 45 US dollars.In Nepal, nearly one and a half years ago, American citizens who were born dominant. And, now the Democratic candidate Clinton had used his own election are world renowned talent.One of the strongest rumors, celebrity saportaramadhyeka. The American magazine "Fast kampyanilai gave an interview explaining why Hillary said Prabal his support-uni current and past president of her most worthy. 'Clinton and Gurung friendship began in 2014. Then, when he met a program for the introduction of klintanasamga acquaintances already know Hillary told her. That, of course, surprised to hear him. Prabal said 'He told me his daughter celsi, who designed the dress Gurung fairness) The reason she had to know. ""Made for History" project is focused on fashion, which are named Clinton his election campaign started. Which he wants to see President selibetiko signature style shirt has been designed using. And, shirt sold during the election campaign.Hillary, white and green flowers embroidered with projects Prabal agreement in the red shirt are designed.16, Kathmandu. Nepali origin bisvacarcita fashion designers are also designed to overtime.His designs have ketasammale US President's wife miseladekhi British princess.
Now, of course, Gurung, the US presidential election fever is gone, and he was a part of the election campaign has become.
Hillary Clinton presidential campaign to make the shirt design Prabal Now the United States is being tugging

म्यूजिक भिडियोमा पनि खलपात्र (भिडियो)



ताजाखबर। नेपाली चलचित्रका चर्चित खलपात्र सुनिल थापा एक म्यूजिक भिडियोमा नेगेटिभ भूमिकामा देखिएका छन् । गायक जीवन कलाप्रेमीको स्वर रहेको ‘मनमा छ देउता..’ बोलको गीत माथी बनेको म्यूजिक भिडियोमा उनि खलअभिनयमा देखिएका हुन् । आइतबार दरबारमार्ग स्थित मधुसाला गजल रष्टुरेन्टमा आयोजित एक कार्यक्रममा थापा अभिनित म्युजिक भिडियो नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले सार्वजनिक गरे ।


भिडियोमा थापाको अलवा, बिवेक सिंह ठकुरी, रोशन लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छायांकन, प्रविन श्रेष्ठको सम्पादन रहको भिडियो चर्चित निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।


भिडियो:

राधा’ ट्रेलर सार्वजनिक (भिडियो)

ताजाखबर। कार्तिक १२ गते रिलिज हुने नेपाली चलचित्र ‘राधा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर र तीन वटा गीत सार्वजनिक गरियो । प्रेमकथामा आधारित यो चलचित्रमा जिवन लुईँटेल र सञ्चिता लुईँटेलको प्रमूख अभिनय छ । चलचित्रलाई प्रमोद भारद्वाजको कथामा योगेश घिमिरेले निर्देशन गरेका हुन् । बिष्णुमणी दाहाल र शुसिल कार्की निर्माता हुन् ।
ट्रेलर हेर्नुहोस्:


गायक मोक्तानले दिए एचआईभी पिडित बालबालिकालाई ४ लाख





ताजाखबर। गायक हेमन मोक्तानले एचआईभी पिडित बालबालिकाको क्षेत्रमा काम गरिरहेको बेबी लाईफ होमलाई हस्तान्तरण गरेका छन् । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको हातबाट रु ४ लाख १६ हजार ७५ प्रदान गरिएको हो, जहाँ २४ जना एचआईभी पिडित बालबालिका अध्यन गरिरहेका छन् ।

गायक मोक्तानले दोस्रो एल्बम ‘फर्माइस’ विमोचनको गर्ने बेलामा गरेको वाचा पुरा गरेका हुन् । उनले कतारमा एक महिने कन्सर्ट गर्ने र त्यसबाट संकलित भएको रकम एचआईभी पिडित बालबालिकालाई हस्तान्तरण गर्ने बताएका थिए ।

‘सामान्य स्कुलमा भर्ना समेत नलिने यी बालबालिकाको अवस्थाले जसको पनि मन छुन्छ यसैले यिनको शिक्षा र स्वास्थ्यको कोष स्थापनार्थ यो सहयोग गरेको हु’ हेमनले सहयोगी भावमा बताए । आफ्नै नाममा हेमन मोक्तान फाउन्डेसनको स्थापना गर्दै सोहि फाउन्डेसन मार्फत उनले चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा हेमनको यो प्रयासलाई प्रमुख अतिथि माधवकुमार नेपालले तारिफ गरेका थिए । ‘युवाले चाहनु पर्छ सहयोग भनेको सानो ठुलो हुदैन र हेमनको सुरुवात राम्रो छ, यसले निरन्तरता पाओस्’ पूर्वप्रधानमन्त्री नेपालले भने ‘हामीले पहाड चढ्दा माथि हैन तल हेर्नु पर्छ नि थाहा हुन्छ कति माथि छौ त्यसैले हेमन जी अगाडी बढ्नुस, तपाइको पाइला सफलता तीर लम्किदै छ ।’

अन्तर्राष्ट्रिय अहिंसा दिवसमा यसो भने प्रधानमन्त्री प्रचण्डले



अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा गान्धी जयन्तीका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गान्धीले शान्ति अहिंसाको मार्गबाट समाजलाई परिवर्तन गर्नुभए पनि राष्ट्रिय आवश्यकता र समाजको चाहनाले राजनीतिमा हिंसाको प्रयोग भए त्यसले अन्ततः शान्तिको मार्गमा नै डोहो¥याउने बताउनुभयो ।

आफू र स्व गिरिजाप्रसाद कोइरालाले मुलुकको हित र चाहनालाई आत्मसात् गर्दै १२ बुँदे सहमति, शान्ति सम्झौतामार्फत मुलुकलाई शान्तिको मार्गमा डोहो¥याएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मुलुकको हितका लागि हामीले गरेको प्रयास र प्रयत्नलाई लेखक तथा पत्रकारले विष्लेषण गरेर विश्व समुदायलाई जानकारी गराउनुपर्दछ ।”

उहाँले शान्ति र संविधानको मार्गबाट मुलुक अगाडि बढेको र त्यसलाई समृद्ध पार्न सबैको साथ र सहयोगको जरुरी रहेको आवश्यकता आँैल्याउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “संविधानको सर्वस्वीकार्यता बढाउन र त्यसको अपनत्व बढाउनका लागि सरकार प्रयत्नशील छ । राजनीतिक दल त्यसमा इमान्दार भएर लाग्नुपर्दछ । गिरिजाप्रसाद कोइराला र मैले सुरु गरेको शान्तिको मार्गलाई फराकिलो बनाएर मुलुकलाई समृद्ध र स्थिर बनाउनु आजको आवश्यकता हो ।”

राजनीतिक दल र सरोकार भएका पक्षले ध्यान नदिने हो भने शान्ति र संविधानको प्रक्रिया धरापमा पर्नसक्ने भन्दै उहाँले मुलुकको विशिष्ठता र आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्न र सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले गान्धीवाद र माओवादको संष्लेषण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपालमा दुवै खालको विचारको नयाँ प्रयोग भएको छ । विष्लेषक, पत्रकार तथा लेखकले त्यसलाई सैद्धान्तिकीकरण गरेर विश्व समुदायलाई सन्देश दिनुपर्दछ ।”

उहाँले नेपालको विशिष्ठ र मौलिक प्रकारको शान्ति प्रक्रियाले समग्र दक्षिण एसियालाई प्रभाव पारेको भन्दै मुलुकमा भएको ऐतिहासिक प्रयोगबाट विश्व समुदायले शिक्षा लिनसक्नेछ भन्नुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएर मुलुकलाई समृद्ध बनाउनु प्रमुख आवश्यकता रहेको भन्दै प्रधानमन्त्रीले नेपालमात्रको हितका खातिर सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेस र आफ्नो पार्टीले सुरु गरेको शान्ति र संविधानको मार्गलाई पूर्णता दिन आफूहरु लागिपरेको र सोही दिशामा सबैलाई डोहो¥याएर अगाडि लैजाने प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले शान्ति र अहिंसाको मार्गबाट नै मुलुकलाई अगाडि बढाउन सकिने बताउनुभयो । भारत, दक्षिण एसियालगायत विश्व नै अशान्ति र अहिंसाको चपेटामा परेको भन्दै उहाँले नेपालबाटै विश्व समुदायलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो पार्टीले पनि विगतमा हतियारको राजनीति गरेको स्पष्ट पार्दै अशान्ति र अहिंसाबाट भन्दा शान्तिपूर्ण मार्गबाटै समाज र मुलुकको परिवर्तन गर्न सकिने धारणा राख्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजनीतिक स्थिरता भएमात्रै मुलुक र समाजले गुणात्मक फड्को मार्ने बताउनुभयो । नेपाल जस्तै गरिब अवस्थामा रहेका मुलुक राजनीतिक स्थिरताका कारण आर्थिक समृद्धिको उच्च बिन्दुमा पुगेको उहाँको भनाइ थियो ।

पत्रकार तथा लेखक किशोर नेपाल, होमनाथ दाहाल, नेपाली काँग्रेसकी नेत्री पुष्पा भुसालले शान्ति र अहिंसाको मार्गबाटै समाजलाई समृद्ध र समुन्नत बनाउन सकिनेमा जोड दिनुभएको थियो । नेपालका लागि भारतका राजदूत रणजित रायले सोचमा नै अहिंसा भएमात्रै मुलुक र समाज शान्त र समृद्ध हुनसक्ने धारणा राख्नुभयो ।

उहाँले भारत सीमापार आतङ्कवादको चपेटामा परेको, दक्षिणपूर्वमा निरन्तर हिंसा फैलिरहेको भए पनि गान्धीवादलाई अनुशरण गरेर उनीहरु शान्तिको मार्गमा फर्कनुको कुनै विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले आफूले सञ्चारकर्म गर्दा भोगेको, अनुभव गरेको एवम् समाजलाई सञ्चारकर्मीको आँखाबाट देखेकोलगायत विभिन्न अनुभव सँगालेर लेख्नुभएको पुस्तक ‘मेरो पत्रकारिता’को प्रधानमन्त्री दाहालले विमोचन गर्नुभयो ।

यस्तै, कार्यक्रममा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले प्रकाशन गरेको स्मृति स्मारिका चतुर्थ सोपान र प्रा डा रामचन्द्र प्रधानद्वारा लिखित एवम् शङ्कर तिवारीद्वारा अनुदित गीता ज्ञान प्रवेशिकाको समेत लोकार्पण गरिएको थियो ।

अहिंसावादी आन्दोलनका प्रणेता महात्मा गान्धीको स्मृतिमा हरेक वर्ष अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाइँदै आएको छ । संयुक्त राष्ट्रसङ्घले समेत सो दिवसलाई मान्यता दिएको छ ।