बझाङमा भिरबाट लडेर दुई जनाको मृत्यु



बझाङ, १६ असोज । भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । पाराकाट्ने गाविस–४ थलाराका ३३ वर्षीय मदन साउद र ७० वर्षीय मनवीर साउदको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रक्सी खाएर घर जाने क्रममा उनीहरु भिरबाट लडेका बताइएको छ । मृतकको शव परीक्षणका लागि भैरवनाथ स्वाथ्य चौकीमा ल्याइएको छ ।

२०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण


ललितपुर, १६ असोज । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार वितरण गरेको छ ।गुठीले यहाँ आज आयोजित कार्यक्रममा यस वर्षको मदन पुरस्कारद्वारा सम्मानित रामलाल जोशी र जगदम्बाश्री पुरस्कारद्वारा सम्मानित लीलबहादुर क्षेत्रीलाई पुरस्कार वितरण गरेको हो । जोशीले ‘ऐना’ कृतिका लागि यस वर्षको मदन पुरस्कार पाउनुभएको हो ।

मदन पुरस्कारबाट सम्मानित स्रष्टा जोशीले आफूले साना तर संवेदनशील विषय उठान गर्दा यो पुरस्कार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठूलो कुरा मैले आजको सामाजिक गतिले अँध्यारोमा नै छाड्न खोजेको विषयको उठान ‘ऐना’मा गरेको छु ।” आफूले पुरस्कार पाउँदा सुदूरपश्चिमले पुरस्कार पाएको अनुभव भएको उहाँले बताउनुभयो ।

जगदम्बाश्री पुरस्कारबाट सम्मानित भारतको आसाम निवासी साहित्यकार क्षेत्रीले आफूले यो पुरस्कार नेपाली भाषा साहित्यमा समर्पित स्रष्टालाई दिएको सम्झेको बताउनुभयो । नेपाली भाषा र साहित्य संस्कृतिले छरपष्ट नेपाली जातिलाई एकताको सूत्रमा बाँधेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समयमा लेखिएका नेपाली साहित्यको सूक्ष्म अध्ययनको पनि खाँचो छ ।”

पुरस्कारका बारेमा बोल्दै स्रष्टा प्रकाश सायमीले कुनै पनि स्रष्टाले पुरस्कार पाउँदा उसले त्यो समयका समकालीन स्रष्टाको प्रतिनिधित्व गर्ने बताउनुभयो ।

गुठीका अध्यक्ष कमलमणि दीक्षितले जोशीको ‘ऐना’ले मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार क्षेत्रीले पाएकोमा पनि आफू हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज यो ऐतिहासिक स्थानमा सम्मान गर्न पाउनु आफैँमा गर्व गर्ने विषय हो ।”

मदन पुरस्कार र जगदम्बाश्री दुवै पुरस्कारको राशि रु दुई÷दुई लाख रहेको छ ।

बेल्जियममा ‘लोक दोहोरी धमाका’ हुँदै

eur


ताजाखबर। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले वडादशैंको अवसर परेर युरोपेली मुलुक बेल्जियममा पनि लोक दोहोरी धमाकाको आयोजना गर्ने भएको छ I

परोपकाकोषको कोष बृद्दिको लागि बेल्जियमको लुभेनमा यहि अक्टोबर १० तारिखमा हुन लागेको उक्त कार्यक्रममा नेपालका चर्चित तथा री संगीत लोकप्रिय गायक पुरुषोत्तम न्यौपानेको साथमा युरोपका राष्ट्रिय कलाकारहरु सुमी घिमिरे, भगवान भुजेल, जेबि ओली, बिनिता लामिछाने, सुबास पुन, दिपक बुढाथोकी, नबिन भट्टराई, कुल मगरले प्रत्यक्ष दोहोरी प्रस्तुत गर्नेछन् I

नेपाली गीतसंगीत मार्फत नेपाली समाजको सेवा गर्ने उद्येश्य भएकोले सम्पूर्ण बेल्जियम बासि नेपालीहरुमा उक्त कार्यक्रममा उपस्थित हुनको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युरोप शाखाले अपिल गरेको छ I


सार्क सम्मेलन रोकिएकोमा नेपालको चिन्ता, फेरी गर्न पहल गर्ने



काठमाडौँ, १६ असोज । पाकिस्तानले इस्लामवादमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १९औँ शिखर सम्मेलन आगामी कात्तिक २४ र २५ गते स्थगित गरेको आज परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सम्मेलन स्थगित भएकामा चिन्ता व्यक्त गरेको छ ।

सार्कको अध्यक्ष राष्ट्र नेपालले सार्कका सदस्य राष्ट्रलाई चाँडोभन्दा चाँडो सम्मेलनको वातावरण बनाउन आग्रह गरेको छ । यस क्षेत्रमा देखापरेको आतङ्कवाद तथा सिमापार आतङ्कलाई नियन्त्रण गरी शान्ति, स्थायित्व कायम गर्न, क्षेत्रीय सहयोग अर्थपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।

नेपालले विश्वव्यापी रुपमा आतङ्कवादविरुद्ध भएका गतिविधिप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभित्र कुनै पनि आतङ्कवादलाई प्रश्रय नदिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत असोज २ गते कास्मिरमा तथा त्यस क्षेत्रमा भारतीय सेनामाथि भएको हमला तथा त्यसबाट मारिएका सेनाप्रति नेपालले दुःख व्यक्त गरेको छ ।

हङकङमा नेपाली युवाहरुबीच ग्याङ्ग फाइट, प्रहरीले गोली चलाउँदा दुईजना घाईते

असोज १६ गते- हङकङमा रोजगारी तथा विभिन्न प्रयोजनका लागि गएका नेपाली युवाहरुबीच नै ग्याङ्ग फाइट भएको छ । ग्याङ्ग फाइट नियन्त्रणमा लिन हङ्गकङ्ग प्रहरीले गोली नै चलाउनुपरेको छ । हङ्गकङ्गको जोर्डनमा आइतबार बिहानै नेपाली युवाहरु हात हातमा धारिला हतियार लिएर ग्याङ्ग फाइटमा उत्रिएपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन चार राउण्ड गोली चलाएको थियो । नेपाली युवाहरुबीच ग्याङ्ग फाइट भएको एकजना ट्याक्सी चालकले देखेका थिए । उनले नै प्रहरीलाई खबर गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिएको हो । त्यसक्रममा प्रहरीको गोली लागि दुईजना घाईते भएका छन् । घाईतेहरुको परिचय खुलेको छैन ।

Raj Thackeray On Salman Khan For Supporting Pakistani Artists

Maharashtra Navnirman Sena (MNS) chief Raj Thackeray today attacked actor Salman Khan for his support for Pakistani artistes working and performing in India.
“I think Salman should go to Pakistan and get a work permit there. Out jawans are dying on the border and all he is worried about is song and dance,” Mr Thackeray said.
He warned that the MNS could even consider demanding a ban on Salman Khan’s films, if the actor doesn’t apologise. The MNS has already threatened to prevent the release of big budget films like Ae Dil Hai Mushkil and Raees which feature Pakistani actors.
“The nation comes first. Otherwise we will have to ban his (Salman Khan) films to teach him a lesson,” he added.
On Friday Mr Khan had said that a distinction should be made between Pakistani actors and terrorists from that country.
“Artistes are not terrorists. They come here on a visa, and who gives them that visa? Our government grants them visas,” he said.

हङकङमा नेपाली ग्याङ्ग्स्टरमाथि हङकङ पुलिसले गोली हान्यो, दुई घाइते

काठमाडौं, १६ असोज । हङकङका पुलिसले आइतबार बिहानै दुई नेपालीलाई गोली हानेका छन् । याउ मा तेईका पुलिस कमान्डर एड्रिन माले आफ्ना दुई पुलिस अफिसरले सानो हेलिकोप्टरमार्फत झगडा गरिरहेका समूहलाई चार राउन्ड गोली हानेको बताएको छ । यसैक्रममा झगडा गर्ने तीनजनामध्ये दुईजनालाई गोली लागेको छ भने अर्कालाई हेलिकोप्टरले लागेका कारण हस्पिटल पुर्याइएको छ ।
याउ मा तेइका पुलिस डिभिजिनल कमान्डर एड्रिन माले झगडा गरिरहेकालाई झगडा नगर्न र हतियार बिसाउन बारम्बार आग्रह गरेपनि उनीहरुले नमानेपछि आफूहरुले बाध्य भएर गोली हान्नु परेको बताए । ‘पहिलो गोली चलाएपनि उनीहरुको झगडा रोकिएन । पीडितलाई थप चोट नलागोस् भन्ने उद्देश्यले हामीले दोस्रो गोली हानेका हौं,’ मा ले भने ।
‘घटनालाई कुर्ने र सुधार्ने बाटो नदेखेपछि ती अफिसरले गोली हानेको जुन सहि निर्णय थियो’, उनले थपे । ती दुई नेपालीमध्ये एकलाई पाखुरामा र अर्कोलाई नाडीमा गोली लागेको छ । उनीहरु दुबैलाई ज्यान जोखिम हुने प्रकारको कुनै पनि चोट नलागेको पुलिसले दाबी गरेको छ । आक्रमणका जो पीडित थिए, उनको भने टाउको पछाडि हेलिकोप्टरका कारण चोट लागेको पुलिसले बतायो । गोली हानेका दुई नेपालीलाई पुलिसले पक्राउ गरेको छ । पुलिसले घटनामा संलग्न अरु तीन रचारजनाको खोजी गरिरहेको जानकारी दिएको छ । घटना आइतबार बिहान ६ बजे हंगकंगको पार्कस् स्ट्रिट र नानकिङ स्ट्रिट जोर्डनमा भएको हो ।